Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टइन्डिज ए टिमले नेपालसँग ५ टिट्वान्टी खेल्दै

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, ०८ : ४५ मा प्रकाशित

वेस्टइन्डिज ए टिमले नेपालसँग ५ टिट्वान्टी खेल्दै

टेस्ट राष्ट्र वेस्टइन्डिजको ए टोलीले नेपालसँग पाँच टिट्वान्टी खेलको सिरिज खेल्ने भएको छ ।

क्रिकेट वेस्ट इन्डिज र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले सोमबार प्रेस रिलिज जारी गर्दै कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय खेल मैदानमा पाँच टिट्वान्टी खेलको सिरिज आयोजना गर्न लागेको जानकारी दिएका हुन् । प्रेस रिलिज अनुसार अप्रिल २७ देखि मे ४ सम्म उक्त सिरिज खेलाइने छ । सबै खेलहरु मध्यान्ह एक बजे शुरु हुने पनि जनाइएको छ ।

नेपाली टोली वेस्टइन्डिज टिमसँग हालसम्म एक खेल मात्र खेलेको छ । २०२३ को विश्वकप क्वालिफायरअन्तर्गत जिम्बाबेको हरारेमा भएको उक्त खेलमा नेपाल १०१ रनको विशाल अन्तरले पराजित भएको थियो । टिट्वान्टी विश्वकपको तयारी गरिरहेको नेपाली टोलीले दुई महिनाको अन्तरालमा दोस्रो टेस्ट राष्ट्रको ए टोलीसँग सिरिज खेल्ने भएको छ ।

क्रिकेट वेस्ट इन्डिजले सिरिजमा सहभागी हुने खेलाडी बारे जानकारी नदिएपनि विश्वकपकै लागि खेलाडी छनोटको अन्तिम मौका रहेको बताएको छ । केही दिन अघिमात्र आयरल्यान्डको ए टोलीसँग नेपालले सिरिज खेलेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको