Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई किस्ता बुझाउन कर्मचारी सञ्चयकोषको आग्रह

अर्थ संसार

मंगलबार, २७ चैत्र २०८०, १० : १६ मा प्रकाशित

ऋणीलाई किस्ता बुझाउन कर्मचारी सञ्चयकोषको आग्रह

कर्मचारी सञ्चय कोषले धितोमा कर्जा लिएका सञ्चयकर्तालाई किस्ता नियमित तिर्न अनुरोध गरेको छ ।

कोषले सूचना जारी कोषका विभिन्न शाखा कार्यालयबाट घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी लिएका ऋणीले कोषलाई बुझाउनुपर्ने किस्ताबापतको रकम यही चैत मसान्तसम्म तिर्न आग्रह गरेको छ । 

साथै, नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्तालाई ब्याज छुटको समेत व्यवस्था रहेको कोषले जनाएको छ । कर्जा नियमित नतिरेमा कर्मचारी सञ्चय कोष, सञ्चयकर्ता कर्जा असुली विनियम, २०७९ बमोजिम प्रक्रिया अगाडि बढाइने पनि कोषले जनाएको छ ।

त्यस्तै, केवाईसी अपडेट नभएका सञ्चकर्तालाई शीघ्र नजिकको शाखामा गई अपडेट गर्न पनि कोषले भनेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको