Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कप भोलिदेखि, युट्युबमा लाइभ हेर्न सकिने

अर्थ संसार

विहीबार, २९ चैत्र २०८०, १५ : १५ मा प्रकाशित

एसिसि प्रिमियर कप भोलिदेखि, युट्युबमा लाइभ हेर्न सकिने

एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा भोलि देखि एसिसि प्रिमियर कप हुने भएको छ ।

ओमानमा हुन लागेको प्रतियोगितामा १० देश सहभागी हुनेछन् । समूह 'ए' मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरब रहेका छन् भने समूह 'बि' मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । प्रतियोगिता लिग कम नकआउट फर्म्याटमा खेलाइन लागेको हो ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार चार खेल हुनेछन् जसमा पहिलो खेलमा ओमान र बहराइन, दोस्रो खेलमा युएई र कुवेत भिड्नेछन् । यसैगरी नेपाल र मलेसिया तथा हङकङ र कतारबीच पनि भोलि नै खेल हुनेछ । सबै खेल ओमान टर्फ मैदान हुने जनाइएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एसिसिको युट्युब च्यानलबाट हेर्न सकिनेछ । एसिया कपको छनोट प्रतियोगिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली छनोट हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको