Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कप : मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १६ : १८ मा प्रकाशित

एसिसि प्रिमियर कप : मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा आज देखि शुरु भएको एसिसि प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपाल मलेसियासँग भिड्दै छ ।

अहिले ४:१५ बजेदेखि ओमान टर्फ मैदान शुरु भएको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ शुरु गरेको छ । नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा समेटिएका छन् । अतिरिक्त खेलाडीमा प्रतिश जिसी, विवेक यादव र अनिल शाह रहेका छन् ।

ओमानमा हुन लागेको प्रतियोगितामा १० देश सहभागी हुनेछन् । समूह 'ए' मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरब रहेका छन् भने समूह 'बि' मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । प्रतियोगिता लिग कम नकआउट फर्म्याटमा खेलाइन लागेको हो ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एसिसिको युट्युब च्यानलबाट हेर्न सकिनेछ । एसिया कपको छनोट प्रतियोगिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली छनोट हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको