Like us!
Follow us!
Connect us!
Watch us!

नागढुङ्गा सुरुङमार्फत नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुनेछ - प्रम दाहाल

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १६ : ३७ मा प्रकाशित

नागढुङ्गा सुरुङमार्फत नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुनेछ - प्रम दाहाल

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग ब्रेक थ्रु गर्दै प्रधानमन्त्री पुष्प्कमल दाहालले उक्त सुरुङ नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज बनेको बताएका छन् ।

दाहालले नयाँ वर्षको सुरूवातसँगै नेपालकै पहिलो सुरूङमार्गको मुख्य सुरूङको ‘ब्रेक–थ्रु’ गर्ने ऐतिहासिक अवसर पाउँदा अत्यन्त खुसी भएको पनि बताए । उनले सामाजिक सञ्जालमार्फत नेपाललाई सुरूङ युगमा पुर्‍याउन नागढुङ्गा सुरुङले महत्वपूर्ण योगदान दिने उल्लेख गर्दै उक्त ऐतिहासिक अवसरमा नेपाल सरकारका सम्पूर्ण निकायहरू, मित्रराष्ट्र जापान, परामर्शदाता, निर्माण कम्पनि लगायत जनसमुदायमा हार्दिक आभार एवं धन्यवाद पनि प्रकट गरे ।

दाहालको उपस्थितिमा आज विस्फोटक पदार्थमार्फत २ मिटर खनेसँगै सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । २०७६ कात्तिक ४ मा शिलन्यास भएको सुरुङ साढे चार वर्षमा ब्रेकथ्रु भएको हो । ४२ महिनामै सक्ने उद्देश्यका साथ थालिएको सुरुङ निर्माण कार्य स्थानीयको अवरोध तथा कोभिडका कारण लम्बिएको हो । ब्रेकथ्रु भएपनि सवारीसाधन आवतजावत हुन भने अझै करिब एक वर्ष समय लाग्नेछ ।

सुरुङमा अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानलगायतका काम हुनेछ । सुरुङको दुवैतर्फ पहुँचमार्गको काम पनि भइरहेको छ । सुरुङ सम्पन्न भएपछि थानकोटदेखि सिस्नेखोलाको दूरी करिब एक तिहाईले घट्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको