Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर र गैंडाकोट जोड्ने सिग्नेचर ब्रिजको शिलान्यास

अर्थ संसार

सोमबार, ३१ बैशाख २०८१, १४ : १७ मा प्रकाशित

भरतपुर र गैंडाकोट जोड्ने सिग्नेचर ब्रिजको शिलान्यास

भरतपुर र गैंडाकोट जोड्ने नेपालकै पहिलो सिग्नेचर ब्रिजको शिलान्यास भएको छ ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ, भरतपुर महानगरकी मेयर रेणु दाहाललगायतको उपस्थितिमा पुलको शिलान्यास गरिएको हो । चार सय २० मिटर लम्बाई रहने उक्त अत्याधुनिक सिग्नेचर पुल आगामी तीन वर्षभित्र निर्माण भइसक्ने पुल महाशाखाले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने उक्त पुलले गण्डकी र बाग्मती गरी दुई प्रदेशलाई समेत जोड्नेछ । साइकल लेनसहित बन्ने उक्त पुलको निर्माण लागत करिब एल अर्ब ६८ करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको