Like us!
Follow us!
Connect us!
Watch us!

जब पोखरामा १७ लाख रुपैयाँले भरिएको झोला फेला पर्यो...

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १८ : ४४ मा प्रकाशित

जब पोखरामा १७ लाख रुपैयाँले भरिएको झोला फेला पर्यो...

पोखरामा बैंक जम्मा गर्न झोलामा राखेर लगिएको १७ लाख रुपैयाँ खसेर हराएकोमा फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

आज दिउँसो अन्दाजी १:३० बजेको कास्की पोखरा महानगरपालिका वडा नं. ८ पृथ्वीचोक स्थित रहेको माता श्री ज्वैलर्सबाट सोही ज्वैलर्समा काम गर्ने कालिगढ ४३ वर्षीय मनोहर पवँरले पैसा बोकेर पोखरा-९ नयाँबजार स्थित कृषि विकास बैंकमा नगद जम्मा गर्न भनी गएका थिए । जाने क्रममा मोटरसाइकलको लेगगार्डमा कालो रंगको झोलाभित्र राखेको सत्र लाख रुपैयाँ खसेर हराएको थियो ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले खोजतलास गर्दै जाँदा भारत घर भई हाल जिल्ला कास्की पोखरा-३ पालिखे चोक बस्ने वर्ष ६५ को छोटुलाल शर्माले फेला पारेको भनी प्रहरीलाई जानकारी गराएका थिए । रकम फेला पार्ने छोटुलाल शर्माको रोहबरमा माता श्री ज्वैलर्सका सञ्चालक ४३ का ध्रुव कुमार सुनारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको