Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआईसी इन्स्योरेन्सको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १० : २१ मा प्रकाशित

सानिमा जिआईसी इन्स्योरेन्सको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

सानिमा जिआईसी इन्स्योरेन्सले साढे ३ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ। कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको  ३ लाख ६४ हजार २८६ कित्ता सेयर बिक्री राखेको हो।

यो सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। सेयरको प्रति कित्ता न्यूनतम मूल्य १८६ रुपैयाँ तोकिएको छ ।

सेयरमा आवेदन दिन इच्छुकले बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नागपोखरी नक्साल, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सक्ने छन् ।

उक्त सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने छन् । संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति÷संस्थाहरुलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको