Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो घरजग्गा कारोबार, चैतमा मात्रै करिब ४ अर्ब राजस्व संकलन

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, १२ : ४७ मा प्रकाशित

बढ्यो घरजग्गा कारोबार, चैतमा मात्रै करिब ४ अर्ब राजस्व संकलन

अर्थतन्त्रमा मत्वपूर्ण हिस्सा ओगटेको घरजग्गा कारोबार बढ्न थालेको छ । 

सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन पनि गर्दै आएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक चैत्र मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिएको छ ।  

घरजग्गा कारोबारबाट चैतमा फागुन महिनाभन्दा ३५ करोडले रुपियाँले राजस्व वृद्धि भएको विभागले जनाएको छ । चैत्र महिनासम्ममा ३ अर्ब ९४ करोड ८१ लाख रूपैयाँ संकलन भएको तथ्यांक छ । गत माघमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ३७ करोड ५७ लाख रूपैयाँ संकलन गरेको थियो । यस्तै,फागुन महिनामा ३ अर्ब ५९ करोड २६ लाख रूपैयाँ राजस्व संकलन भएको थियो ।

चैत महिनामा कुल ५० हजार २५२ वटा लिखत पारित भएको छ भने पाँच हजार ८८६ वटा नामसारी भएको छ । यस्तै ११ हजार २५० वटा संशोधन हुँदा ३९ हजार ८२२ जग्गा रोक्का भएको छ । यसै गरी २९ हजार २४७ फुकुवा र ४४४ जग्गा बाँडफाँट भएको छ । घरजग्गाको कारोबारमा सामान्य सुधार भएसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो । 

चालू आर्थिक वर्षका ९ महिनामा सरकारले देशभरीका मालपोत कार्यालयबाट २९ अर्ब १९ करोड ३६ लाख ६९ हजार रूपैयाँ राजस्व संकलन गरेको हो । 

देशभरीका १ सय ३१ वटा मालपोत कार्यालयबाट भएको कारोबारमा रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकरबापत, सेवा करबापत विलम्ब शुल्क लगायतका अन्य विभिन्न सेवामार्फत राजस्व संकलन हुने गर्छ । 

नेपालमा घरजग्गासम्बन्धि कारोबारहरु पुरै अनौपचारिक माध्यमबाट हुने गरेको एक अध्ययनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले गरेको अध्ययनले ९९.९७ प्रतिशत रियल इस्टेटसम्बन्धि कारोबार अनौपचारिक रहेको देखाएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको