नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले राम्रो सुरुवात गर्न सकेन । पहिलो बलमा प्रारम्भिक ब्याटर जोस ब्राउनलाई गुमायो । त्यसपछि लगातार विकेट गुमाउँदै गएपछि सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । त्यस्तै आरिफ शेखले २७ रनको योगदान दिए । त्यस्तै हरमित सिंहले १९ र क्रिस लिनले १८ रन थपे ।
कर्णालीका लागि सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै, नन्दन यादवले दुई, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट लिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस