नेपाल प्रहरीका ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार तीन जना डीआईजी सरुवाको निर्णय गरेको जानकारी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
सरुवा भएका डीआईजीमध्ये कोसी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा विनोद घिमिरेलेलाई पठाइएको छ । यसअघिका प्रदेश प्रहरी प्रमुख रहेका ईश्वर कार्की एआईजीमा बढुवा भएसँगै कोसी प्रदेशमा प्रहरी प्रमुख रिक्त रहेको थियो । कार्कीलाई भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय भएको छ ।
कोसी प्रदेशको जिम्मेवारी पाएका घिमिरे प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा केही हप्ता अघि मात्रै सरुवा भएका थिए । त्यसअघि उनी प्रहरीको केन्द्रीय प्रवक्ता थिए । प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस