Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने मन्त्रिपरिषदको निर्णय

शुक्रबार, ०८ मंसिर २०७४, १५ : ०० मा प्रकाशित

बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने मन्त्रिपरिषदको निर्णय

अर्थ संसार, काठमाडौं–  सरकारले १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ ।

यसअघिको प्रचण्ड सरकारले बिना प्रतिस्पर्धा चिनियाँ कम्पनी चाइना गेजुवालाई बनाउन दिने सम्झौता गरेको थियो । शेरबहादुर देउवाको सरकारले केही दिनअघि चाइना गेजुवासँगको सम्झौता खारेज गरेको थियो ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले नेपाल विद्युत प्राधिकरणलाई बुढीगण्डकी बनाउन दिने निर्णय गरेको उर्जामन्त्री कमल थापाले जानकारी दिए ।

एमाले अध्यक्ष केपीशर्मा ओलीले चिनियाँ कम्पनी चाइना गेजुवासँगको सम्झौता खारेज गर्ने निर्णय चुनाबपछि बन्ने सरकारले उल्ट्याएर गेजुवालाई नै बुढीगण्डकी बनाउन दिने सार्वजानिक अभिव्यक्ति दिइरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रदेश नं. २ यसरी हुन सक्छ विद्युतमा धनी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको