Like us!
Follow us!
Connect us!
Watch us!

२० प्रतिशतले घट्यो सुन आयात

अर्थ संसार

सोमबार, १० बैशाख २०८१, १७ : १३ मा प्रकाशित

२० प्रतिशतले घट्यो सुन आयात

चालु आर्थिक वर्षको नौ महिना सुनको आयात प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवमा सुनको आयात करिब २० प्रतिशतले घटेको हो।

चालु आर्थिक वर्षको चैत्रसम्ममा  १६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ बराबरको १९ लाख १ हजार ८६४ ग्राम सुन आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा १७ अर्ब २८ करोड ७ लाख ८२ हजार रुपैयाँ बराबरको २३ लाख १६ हजार ५८६ ग्राम सुन आयात भएको थियो ।

सुन आयातमा कमी आएतापनि सुन आयातबाट हुने राजश्व संकलनमा भने वृद्धि भएको छ । चालु आर्थिक वर्षमा २ अर्ब ४१ करोड ८४ लाख ९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । गत अर्थिक वर्षमा भने १ अर्ब ९६ करोड ९१ लाख १ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।

कभिड महामारीपछी विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले सुन आयातको दैनिक कोटा २० किलोबाट घटाएर १० किलोमा सीमित राखेको थियो । तर गत असोजबाट भने सुन आयात गर्ने दैनिक कोटालाई २० किलो नै पुर्याइएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको