Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढ्ने भयो प्राधिकरणको राहुघाट जलविद्युत् आयोजना

शनिबार, ०९ मंसिर २०७४, ०५ : १० मा प्रकाशित

अघि बढ्ने भयो प्राधिकरणको  राहुघाट जलविद्युत् आयोजना

अर्थ संसार, काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नयाँ प्रक्रियाबाट राहुघाट जलविद्युत् आयोजना अगाडि बढाएको छ ।
 
लामो समयदेखि विवाद मुद्दामा फस्दै आएको आयोजनालाई प्राधिकरणले नयाँ स्वरुपमा अगाडि बढाउने लक्ष्यका साथ नयाँ ठेकेदार छनौट गरेको छ ।

भारतीय कम्पनी आइभीआरसिएलले काम पनि नगर्ने आयोजना पनि नछाड्ने गरेपछि प्राधिकरणले दुई वर्ष पहिले ठेक्का रद्द गर्यो । निर्माणमा जान नै ठेकेदार तयार नभएपछि प्राधिकरणले ठेक्का रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्यो ।
 
कुल ३२ मेगावाट क्षमताको आयोजनालाई ४० मेगावाट बनाएर प्राधिकरणले कम्पनी स्थापना गरेको छ ।
 
सोही आयोजनाको भौतिक निर्माण अगाडि बढाउन प्राधिकरणले भारतीय कम्पनी जेपी एसोसिएट्सलाई ठेक्का दिएको छ ।
 
आयोजनाको सिभिल निर्माणको ठेक्का उक्त ठेकेदारलाई दिएको हो ।
प्राधिकरणले इपिसी मोडलमा आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल कामको जिम्मा उक्त कम्पनीलाई दिएको जनाएको छ ।
 
ठेक्का सम्झौता स्वीकृतिका लागि भारतीय आयत निर्यात बैंकमा स्वीकृतिका लागि पठाइने जनाएको छ । कुल  ९ अर्ब लागत अनुमान गरिएको आयोजनामा भारतीय आयात निर्यात बैंकको ८० प्रतिशत र २० प्रतिशत प्राधिकरणको लगानी रहेको छ ।

आयोजना  आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।कुल १४ प्रतिशत निर्माण सकिएको आयोजना ७ वर्षमा पनि पूरा नभएपछि प्राधिकरणले अघिल्लो ठेकेदार आइभीआरसीएलसँग सम्झौता रद्द गरेको थियो । आयोजना म्याग्दी जिल्लामा अवस्थित छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको