Like us!
Follow us!
Connect us!
Watch us!

नेता भण्डारीको घरअगाडि बम विस्फोट

आइतबार, १० मंसिर २०७४, १० : १२ मा प्रकाशित

नेता भण्डारीको घरअगाडि बम विस्फोट

अर्थ संसार, महोत्तरी– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरअगाडि बम विस्फोट भएको छ ।

आज बिहान २ बजेको समयमा भण्डारीको महोत्तरीस्थित औरही निजी निवासअगाडि बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरअगाडि रहेको पोखरीको डिलमा सो विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । यता जिल्लाको हरेक स्थानको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी उपरीक्षक कडायतले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको