Like us!
Follow us!
Connect us!
Watch us!

अब सिंहदरवार छिर्न प्रवेश पास अनलाइनबाटै पाइने

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १४ : २० मा प्रकाशित

अब सिंहदरवार छिर्न प्रवेश पास अनलाइनबाटै पाइने

अब सिंहदरवार प्रवेशका लागि कसैलाई भनसुन गर्नु नपर्ने भएको छ । 

सिंहदरवार प्रवेश गर्न सर्वसाधारणका लागि सहज बनाउन क्युआर कोड सहितको प्रवेश पासको व्यवस्था गरिएको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सिंहदरवार मोबाइल–वेबसाइट प्रयोगकर्ताले प्लेस्टोरमा सिंहदरवार पास डाउनलोड गरेर वा ब्राउजरमा सिंहदरवारपास डट जिओभी डट एनपी लगइन गरेर प्रवेश पास प्राप्त गर्न सकिन्छ ।

अनलाइन प्रणालीबाट दिएको आवेदन सम्बन्धित मन्त्रालयले स्वीकृत गरेपछि सोही प्रणालीमा प्रवेश पास क्युआर कोडमा उपलब्ध हुने छ । सोही क्युआर कोड प्रवेशका लागि सिंहदरवार गेटमा देखाउनुपर्ने छ । आगन्तुकले एक दिनदेखि तीन महिनासम्मको अस्थायी पास अनुरोध गर्न सक्ने मन्त्रालयले जनाएको छ ।

यसअघि पहुँच नहुने आम सर्वसाधारणले सिंहदरबार प्रवेश त टाढाको कुरा पासका लागि समेत भनसुन गर्न नसक्ने अवस्था थियो ।
रजिस्टर गर्ने क्रममा नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा ड्राइभिङ लाइसेन्सको फोटोसँगै नम्बर पनि अट्याच गर्नु पर्छ । यो व्यवस्था लागू भएपछि सर्वसाधारण नागरिकले सिंहदरवार प्रवेश गर्नका लागि सिंहदरवार भित्र रहेका निकायमा कार्यरत व्यक्तिलाई फोन गरेर नाम र ठेगाना टिपाएर भित्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको