अर्थ संसार, काठमाडौँ– नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा संविधान कार्यान्वयन गरी देशलाई आर्थिक समृद्धिमा लैजान वाम गठबन्धनलाई जिताउनुपर्ने बताउनुभएको छ ।
संयुक्त वाम गठबन्धनद्वारा आज नागार्जुन नगरपालिका–७ मा आयोजित चुनावीसभामा उहाँले सो गठबन्धनले बहुमत प्राप्त गरी सरकारको नेतृत्व गरेमा पाँच वर्षभित्र मुलुकमा औद्योगिक क्रान्ति गरी जनताको आर्थिक पहुँच विस्तार गर्ने बताउनुभयो ।
देशमा सरकारको स्थायित्व कायम हुन नसक्दा ठूला परियोजना अलपत्र पर्ने र सुशासन कायम हुन नसक्ने बताउँदै पार्टी कार्यालय सचिव श्रेष्ठले अब देश र जनताको प्रगतिका लागि उक्त गठबन्धनलाई अवसर दिन आग्रह गर्नुभयो ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का उम्मेदवारसमेत रहनुभएका श्रेष्ठले भीमढुंगादेखि धार्केसम्म सडक विस्तार गरी स्थानीय उत्पादनको बजारीकरण गर्ने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।
सोही क्षेत्रअन्तर्गत प्रदेश ९२० का उम्मेदवार केशवप्रसाद पोखरेलले स्थानीय विकासका साथै पूर्वाधार निर्माणका लागि आफूसँग प्रष्ट दृष्टिकोण र योजना रहेको जिकिर गर्नुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस