Like us!
Follow us!
Connect us!
Watch us!

कास्कीमा डढेलो लगाएको फेला पारे नगद जरिवाना तथा कैदसजाय हुने

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १६ : २४ मा प्रकाशित

कास्कीमा डढेलो लगाएको फेला पारे नगद जरिवाना तथा कैदसजाय हुने

कास्कीमा वनजङ्गलमा आगलागी गरेको फेला पारे नगद जरिवाना तथा कैद सजाय हुने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा कास्की जिल्लाका विभिन्न स्थानका वन जंगलहरुमा १२७ वटा आगजनीका घटनाहरू भएको छ । वन जंगलमा भएको अत्याधिक आगजनीको कारण वनस्पति, वन्यजन्तु, जैविक विविधता र वातावरणीय पर्यावरणमा अपुरणिय क्षति हुन गई कास्की जिल्लाको जनजीवन नै प्रभावित हुन पुगेको छ । 

आगलागी नियन्त्रणका लागि प्रहरी कार्यालयबाट सचेतनामुलक कार्यक्रम समेत संचालन भइरहेको भएतापनि आगजनीका घटनाहरूमा कमी नआए पछि प्रहरीले कारवाही गर्ने चेतावनी दिएको हो । कतिपय घटनाहरू मानिसको लापरवाही र दुर्घटनाका कारण पनि भए तापनि अधिकांश घटनाहरू कुनै व्यक्ति विशेषले आपराधिक मनसाय राखी जानीजानी वन जंगलमा आगजनी / डढेलो लगाउने गरेको पाइएकोले त्यस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचान गरी हदैसम्मको कानूनी कारवाही गरिने प्रहरीले जनाएको हो ।

नेपालको प्रचलित कानून वमोजिम वन जंगलमा आगजनी गर्ने गराउने कार्य गम्भिर आपराधिक कार्य हो । यस्तो कसूर गर्ने व्यक्तिलाई वन ऐन, २०७६ को दफा ४९ अन्तर्गतको कसूरमा दफा ५० वमोजिम क्षति भएको विगो असुल गरी तीन वर्षसम्म कैद वा साठ्ठी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ भने मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ मा वन जंगलमा आगजनी गराई क्षति पुर्याउने व्यक्तिलाई ४ वर्षसम्म कैद र चालिस हजार रुपैयाँसम्म जरिवाना हने कानूनी व्यवस्था रहेको छ ।

प्रहरीले कोही कसैले वन जंगलमा आगो लगाएको वा वन जंगलमा क्षति पुग्ने कुनै कार्य गरेको वा गरिरहेको वा गर्न लागेको देखेमा वा वन जंगलमा आगलागीका घटना सम्बन्धी कुनैपनि सूचना भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरी सूचना दिई अपराधमा संलग्न व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन पनि सहयोग मागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको