Like us!
Follow us!
Connect us!
Watch us!

पेस्तोल र विस्फोटक पदार्थसहित दुई पक्राउ

सोमबार, ११ मंसिर २०७४, १९ : ५४ मा प्रकाशित

पेस्तोल र विस्फोटक पदार्थसहित दुई पक्राउ

अर्थ संसार, चितवन –निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्न ल्याइएका विस्फोटक पदार्थ र कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल कम्युनिष्ट पार्टीको मजदुर फ्याक्सन इञ्चार्ज पूर्वेली कान्छा र पूर्णबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुलाई आइतबार भरतपुरको गोन्द्राङबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेको साथबाट कटुवा पेस्तोल एक, पेस्तोलमा लाग्ने कार्टिज एक, आलु बम १०, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनको चन्दा रसिद एक ठेली, पुरन राईको नाममा रहेको ३० हजारको चेक र नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित पुस्तक एक थान बरामद गरिएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको