Like us!
Follow us!
Connect us!
Watch us!

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, ०८ : ५९ मा प्रकाशित

राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले राजस्थानलाई एक रनले पराजित गरेको हो ।

सनराइजर्सले दिएको २०२ रनको लक्ष्य पछाएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्र बनाएपछि खेल सनराइजर्सले एक रनले जितेको हो ।

यस अघि सनराइजर्सले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो ।

यो जितपछि सनराइजर्सको १० खेलमा ६ जित र ४ हारसहित १२ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

त्यसैगरी राजस्थानको भने यस सिजनमा यो दोस्रो हार हो । १० खेलमा ८ जितसहित १६ अंक हासिल गर्दै राजस्थान शिर्ष स्थानमा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको