Like us!
Follow us!
Connect us!
Watch us!

१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, ०६ : ५९ मा प्रकाशित

१८ बर्ष पछि बेंगलुरुले बन्यो आईपीएल बिजेता

१८ बर्ष पछि रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको छ । 

मंगलबार राती भएको फाइनलमा पञ्जाब किङ्सलाई जम्मा ६ रनले हराउँदै बेंगलुरुले आईपीएलको उपाधि जितेको हो ।

बेंगलुरुले दिएको १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १८४ रन मात्र बनाउन सफल भयो । अन्तिम ओभरमा २९ रन आवश्यक भए पनि शो पुरा  गर्न नसक्दा पञ्जाव जीतवाट बाहिरिएको हो ।


सो फाइनल खेलमा शशांक ३० बलमा ६१ रनमा अविजित रहेका थिए भने जोश इङ्लिसले ३९ रन बनाउन सफल भए । बेंगलुरुका भुवनेश्वर कुमार र क्रुणाल पान्ड्याले २–२ विकेट लिँदा जोश हेजलवूड, यश दयाल र रोमारियो शेपहर्डले १–१ विकेट लिएका थिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाउन सफल भएको थियो । विराट कोहलीले सर्वाधिक ४३ रन बनाएका थिए भने कप्तान रजत पाटिदारले २६ रन बनाउन सफल भए  ।

तर, लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाउँदै बैंग्लरूले बलियो उपस्थिति देखायो ।

उता, पञ्जाबका लागि अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिएका थिए भने अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजभेन्द्र चहलले १–१ विकेट लिन सफल भए ।

बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि भने जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनलमा पुगे पनि बेंगलुरु उपाधिबाट भने वञ्चित हुदैँ आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको