Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापारमा उछाल,खुद बीमाशुल्कसँगै नाफा बढाउन सफल

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १० : ४० मा प्रकाशित

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यापारमा उछाल,खुद बीमाशुल्कसँगै नाफा बढाउन सफल

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद बीमाशुल्क र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। 


खुद बीमाशुल्क

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३८.५६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ५५ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

खुद नाफा

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा पनि उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ५ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशत बढी हो।

कुल आम्दानी 

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १०२.२३ प्रतिशत बढेको छ भने कुल खर्च ९३.०९ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ९६.२९ प्रतिशत बढेको छ।

प्रतिशेयर आम्दानी

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ८ रुपैयाँ ६९ पैसा बढेर २८ रुपैयाँ ३७ पैसा पुगेको छ। 

प्रतिशेयर नेटवर्थ

सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको