Like us!
Follow us!
Connect us!
Watch us!

लयमा फर्किंदै पर्यटन उद्योग ,पर्यटक आगमन १२.७५ प्रतिशतले वृद्धि

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, ११ : २२ मा प्रकाशित

लयमा फर्किंदै पर्यटन उद्योग ,पर्यटक आगमन १२.७५ प्रतिशतले वृद्धि

मुलुकको अर्थतन्त्रमा केही सुधारको सङ्केत देखिएपनि शिथिलता अझै कायमै छ । मुलुकको अर्थतन्त्रले वृद्धिको लय समातेर पूर्ण तन्दुरुस्ती पाउन सकेको छैन । यी  सबैका बाबजुद पर्यटन उद्योगले भने लय समातेको छ । नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो ।

सन् २०२३ को अप्रिलमा कूल ९८ हजार ७ सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा १ लाख ११ हजार तीन सय ७६ पर्यटक आएका हुन् । बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९, सन् २०२१ मा २२ हजार ७ सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा १ लाख ९ हजार ३ सय ९९ पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन् । सो अवधिमा भारतीय पर्यटक ३० हजार १ सय ५८, अमेरिकी पर्यटक ९ हजार ९ सय ४७, चिनियाँ ९ हजार ७ सय ५० विदेशी पर्यटक नेपाल आएका छन् । साथै बेलायतबाट ५ हजार ३ सय ९१, अष्ट्रेलियाबाट ४ हजार १ सय १०, बङ्गलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५, जर्मनीबाट ३ हजार २ सय ७०, रसियाबाट २ हजार ९ सय ७७ र मलेसियाबाट २ हजार ३ सय १० पर्यटक नेपाल आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको