जुम्लाको तातोपानी गाउँपालिका थुमलचौरमा जङ्गली जनावरले लखेट्दा भीरबाट लडेर ७० वटा भेडा मरेका छन् ।
एक सय भन्दा बढी भेडा रहेको गोठमा राती भालुले आक्रमण गर्दा ७० भेडा मृत भेटिएका छन् भने बाकिँ भेडाको अवस्था अज्ञात रहेको छ । स्थानीय मगे रावत र सिउल रावतले ती भेडा पालन गरेका थिए । भेडी गोठ नै रित्तिँदा रावत परिवार गम्भीर चिन्तामा परेका छन् ।
उनीहरुलाई राहत प्रदान गर्न समन्वय भइरहेको तातोपानी गाउँपालिकाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस