Like us!
Follow us!
Connect us!
Watch us!

आम्दानीमा उछाल आउँदा हाथवे इन्भेस्टमेन्ट अहिले ७ करोड नाफामा,

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १३ : ३५ मा प्रकाशित

आम्दानीमा उछाल आउँदा हाथवे इन्भेस्टमेन्ट अहिले ७ करोड नाफामा,

हाथवे इन्भेष्टमेन्ट नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका सुचकहरुको अवस्थासुधारोन्मूख देखिएको छ  । 

खुद नाफा 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्ममा कम्पनीको खुद नाफा ७ करोड ५० लाख रुपैयाँ धनात्मक भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनी १ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहेको रहेको थियो ।

सञ्चालन आम्दानी
सोही अवधीमा कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाख रुपैयाँ रहेको छ। जुन गत आर्थिक वर्षको तुलनामा १०४.६४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ११ करोड ४३ लाख रुपैयाँ थियो।

कुल आम्दानी 
कुल आम्दानीमा आएको वृद्धिले नाफा बढेको छ । चालु आवको तेस्रो त्रैमासमा कुल आम्दानी २३ करोड ४३ लाख रुपैयाँ गत आवको यसै अवधिमा यस्तो आम्दानी १२ करोड ३८ लाख थियो ।  

चुक्ता पुँजी
तेस्रो त्रैमाससम्ममा कम्पनीको कम्पनीको चुक्ता पुँजी १ अर्ब २८ करोड २७ लाख रुपैयाँ रहेको छ ।
 
जगेडा कोष
कम्पनीको जगेडा कोषमा ३६ करोड ३२ लाख रुपैयाँ जम्मा रहेको छ । 

प्रतिसेयर आम्दानी
हाथवेको प्रतिसेयर आम्दानी बढेर ३ रुपैयाँ ८९ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८० पैसा ऋणात्मक रहेको थियो । 

प्रतिसेयर नेटवर्थ
कम्पनीको प्रतिसेयर नेटवर्थ ७७ रुपैयाँ ६२ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको