Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय प्रसारण लाइनमा जोडियो १४ मेगावाट विद्युत्

मंगलबार, १२ मंसिर २०७४, १२ : ५१ मा प्रकाशित

राष्ट्रिय प्रसारण लाइनमा जोडियो १४ मेगावाट विद्युत्

अर्थ संसार, काठमाडौँ– राष्ट्रिय प्रसारण लाइनमा करिब १४ मेगावाट विद्युत् जोडिएको छ । कुल १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रणालीमा आजदेखि जोडिएको हो ।

 मुस्ताङको टुकुचेमा निर्माण सम्पन्न आयोजनाले आजदेखि व्यापारिक उत्पादन सुरु गरेपछि विद्युत प्रणालीमा जोडिएको हो ।

परीक्षण पूरा भएको आयोजनाबाट नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले व्यापारिक उत्पादन सुरु गरी प्रणालीमा जोडेको माउन्ट कैलाश इनर्जीले जनाएको छ ।

हिमाली क्षेत्रमा पर्ने आयोजनाले अहिले ५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत कोवाङ सबस्टेसनमा जोडिएको छ ।

कुल रु २ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण पूरा भएको आयोजनाले वार्षिक ६९.३३ गिगावाट घन्टा विद्युत उत्पादन गर्नेछ ।

२०६६ सालबाट निर्माण सुरु भएको आयोजना हिमाली क्षेत्रमा पर्ने भएकाले बर्खा र हिउँद दुबै याममा जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्दा निर्धा्रित तालिकाभन्दा बढी समय लागेको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको