Like us!
Follow us!
Connect us!
Watch us!

काङ्ग्रेसले गृहमन्त्री लामिछानेलगायत शीर्ष नेतालाई संसदमा बोल्न दिने

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ११ : ०४ मा प्रकाशित

काङ्ग्रेसले गृहमन्त्री लामिछानेलगायत शीर्ष नेतालाई संसदमा बोल्न दिने

नेपाली काङ्ग्रेसको संसदीय दलको बैठकले गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेतालाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

आज बिहान बसेको संसदीय दलको बैठकले शीर्ष नेतालाई संसदमा बोल्न दिने तर त्यसपछि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबने संसद अवरुद्ध गर्ने निर्णय गरेको जनाइएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बसेको थियो ।

आजबाट संसदको बर्खे अधिवेशन शुरु हुँदैछ । आज अधिवेशनको पहिलो दिन शुक्रबार शीर्ष नेताहरूले बोल्ने कार्यसूची रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको