Like us!
Follow us!
Connect us!
Watch us!

जग्गाधनी प्रमाणपत्र शीघ्र वितरण गरिने : प्रम दाहाल

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, १३ : ५२ मा प्रकाशित

जग्गाधनी प्रमाणपत्र शीघ्र वितरण गरिने : प्रम दाहाल

मङ्गलबार प्रतिनिधिसभामा सांसदले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र वितरण हुने बताएका छन् ।

एमाले सांसद गोकुल बाँस्कोटाले सोधेको प्रश्नहरुलाई उत्तर दिँदै दाहालले काभ्रेमा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि नापी विवादलगायत कारण स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम ढिलाई भएको बताएका हुन् । सडक पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरण जस्ता कारणले साविकको नापजाँच र अहिलेको अवस्थामा फरक देखिँदा दर्तामा समस्या देखिएको उनले बताए ।

उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भवन, सुनकोशी तेस्रो जलविद्युत आयोजना लगायतका काम पनि अघि बढेको जानकारी दिए । सुनकोशी तेस्रो निर्माण गर्न बङ्गलादेश पक्ष र नेपाली पक्षको संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको पनि दाहालले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको