Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा बैठक अब फागुन २४ गते बस्ने

अर्थ संसार

सोमबार, २१ फागुन २०८०, ११ : ५८ मा प्रकाशित

प्रतिनिधि सभा बैठक अब फागुन २४ गते बस्ने

सत्ता समीकरणमा फेरबदल हुने भएसँगै आजको प्रतिनिधि सभा बैठक स्थगित भएको छ भने आगामी बैठक अब फागुन २४ बस्ने भएको छ ।

आज एक सूचना जारी गर्दै फागुन २१ गते ११ बजेका लागि निर्धारण गरिएको बैठक विशेष कारणले स्थगित भएको जनाइएको छ । संसद सचिवालयका अनुसार सभाका सभामुखले फागुन २४ गते बिहान ११ बजे बस्ने गरि आगामी बैठकको समय निर्धारण गरेका छन् ।

नयाँ गठबन्धन निर्माण भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको