Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिपक्षीको अवरोध पछि संसद बैठक स्थगित, अब वैशाख २ गते बस्ने

अर्थ संसार

बुधबार, २८ चैत्र २०८०, १४ : ०८ मा प्रकाशित

प्रतिपक्षीको अवरोध पछि संसद बैठक स्थगित, अब वैशाख २ गते बस्ने

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसलगायत अन्य विपक्षी दलहरुले अवरोध गरेपछि आजको संसद बैठक स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको सम्पूर्ण कार्यक्रम हटाउँदै वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका थिए । काङ्ग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समितिको माग राख्दै संसद अवरुद्ध गराउँदै आएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मङ्गलबारको प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै संसदमा विरोध जनाएको थियो । प्रतिपक्षी सांसदहरुले उभिएर अवरोध जनाएपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको