Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, ०९ : ३७ मा प्रकाशित

आइतबार प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्दैछ ।

आजको बैठकको सम्भावित कार्यसूची अनुसार सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरु तथा संयुक्त राष्ट्र संघका महासचिवको सम्बोधन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ । 

यसैगरी अर्थ मन्त्री डा. प्रकाशशरण महतले “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” र  “भन्सार विधेयक, २०८०” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । आजको बैठकमै महतले “ भन्सार विधेयक, २०८०” र “बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०” प्रस्तुत गर्नेछन् ।

परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले “विमस्टेक वडापत्र अनुमोदन सम्बन्धी प्रस्ताव पेश गर्ने पनि आजको कार्यसूचीमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको