Like us!
Follow us!
Connect us!
Watch us!

दश महिनामा मुलुकको व्यापार घाटा पौने १२ खर्ब

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १७ : ५९ मा प्रकाशित

दश महिनामा मुलुकको व्यापार घाटा पौने १२ खर्ब

चालु आर्थिक वर्षको १० महिनामा आयात र निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार  वैशाखसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.२६ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

वैशाखसम्ममा १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । गत आवको तुलनामा कुल वैदेशिक व्यापार २.५० प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको १० महीना अवधिसम्ममा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २।३९ प्रतिशतले घटेको छ भने निर्यात पनि ३।६१ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार वैशाख महिनासम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यस्तै, यस अवधिमा १ खर्ब २६ करोड १७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १ खर्ब २० अर्ब ४४ करोड २२ लाख रुपैयाँको वस्तु र सेवा निर्यात भएको थियो ।

वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।

नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैंची ६ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड बराबर छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको