Like us!
Follow us!
Connect us!
Watch us!

कोलकोता आइपिएलको प्लेअफमा

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ०८ : ४७ मा प्रकाशित

कोलकोता आइपिएलको प्लेअफमा

 कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनौट भएको छ ।

गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो ।

बर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा कोलकोताले दिएको १५८ रनको लक्ष्य पछाएको मुम्बईले १६ ओभरमा ८ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

यो जितपछि कोलकोताको १२ खेलमा १८ अंक भएको छ र प्लेअफमाया छनौट भएको छ ।

त्यसैगरी मुम्बई इण्डियन्सको भने यो नवौं हार हो । १३ खेलमा ८ अंक रहेको मुम्बई नवौं स्थानमा रहेको छ र मुम्बई प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको