Like us!
Follow us!
Connect us!
Watch us!

एशियन लाइफको नाफा २५४.९२%ले बढ्यो, ईपीएस ८.२३ बाट उफ्रिएर २९.२० रुपैयाँ

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, ०९ : २९ मा प्रकाशित

एशियन लाइफको नाफा २५४.९२%ले बढ्यो, ईपीएस ८.२३ बाट उफ्रिएर २९.२० रुपैयाँ

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

खुद नाफा २५४.९२ प्रतिशतले बढ्यो 

यस कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६९ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यस कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म तुलनामा खुद नाफा २५४.९२ प्रतिशतले बढेको हो। 

बढ्यो कुल बीमाशुल्क आर्जन
एशियन लाइफ यस आर्थिक वर्षको चैत मसान्तसम्म ५ अर्ब ७५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको तुलनामा कुल बीमाशुल्क आर्जन ११.३९ प्रतिशतले बढेको हो। 

खुद बीमाशुल्क आर्जन बढ्यो 

यस कम्पनीको यस आर्थिक वर्षको पहिलो नौ महिनामा खुद बीमाशुल्क ५ अर्ब ६१ करोड रुपैयाँ आर्जन गरेको छ. अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५ अर्ब ८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो  खुद बीमाशुल्क आर्जन १०.४९ प्रतिशतले बढेको छ।

जीवन बीमाकोषको आकार बढ्यो 
कम्पनीले यस आर्थिक वर्षमा जीवन बीमाकोषको आकार बढाएको छ। कोषमा अहिले ४१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

सेयरपुँजी
३ अर्ब १५ करोड 

महाविपत्ति कोष
२६ करोड ३४ लाख रुपैयाँ 

रिटेन्ड अर्निङ
९२ करोड ९ लाख रुपैयाँ 

प्रति सेयर आम्दानी (ईपीएस)
२९.२० रुपैयाँ (अघिल्लो आर्थिक वर्षमा ८.२३ रुपैयाँ रहेको )

पीई रेसियो
१९.१९ गुणा 

प्रति सेयर नेटवर्थ
१२९.१९ रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको