Like us!
Follow us!
Connect us!
Watch us!

९ महिनामा विदेश अध्ययनमा बाहिरियो १ खर्ब

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १६ : ०९ मा प्रकाशित

९ महिनामा विदेश अध्ययनमा बाहिरियो १ खर्ब

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा ९५ अर्ब बढी रपैयाँ बाहिरिएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक प्रतिवेदनले यस्तो देखाएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यसरी अध्ययनका लागि विद्याथी विदेशीदाँ ९५ अर्ब ८५ करोड रुपैयाँ बाहिरिएको छ । 

राष्ट्र बैंकका अनुसार गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालु आवको सोहि अवधिमा यसरी अध्ययन अन्तर्गत वाहिरिने रकम ४२.६५ प्रतिशतले बढेको छ । गत आवको चैतसम्म ६७ अर्ब १९ करोड रुपैयाँ अध्ययन अन्तर्गत वाहिरिएको थियो । 

चालु आवको ९ महिनासम्म खुद सेवा आय ५२ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेको थियो । 

सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४० प्रतिशतले वृद्धि भई ६० अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४३ अर्ब १७ करोड रहेको थियो । 

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४२.५ प्रतिशतले वृद्धि भई १४३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १०० अर्ब ५४ करोड रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको