Like us!
Follow us!
Connect us!
Watch us!

अप्पर तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा, साढे ६ अर्बको बिजुली बिक्री

अर्थ संसार

आइतबार, ३० बैशाख २०८१, १६ : ४२ मा प्रकाशित

अप्पर तामाकोशी १ अर्ब ३९ करोड नोक्सानीमा, साढे ६ अर्बको बिजुली बिक्री

अप्पर तामाकोशी जलविद्युत् आयोजनाले आइतबार चालू आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनीक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ३१.२३ प्रतिशतले नोक्सानी सुधार गरेको देखिन्छ  । 

नोक्सानी
तेस्रो त्रैमासिक अवधिसम्म यो कम्पनी १ अर्ब ३९ करोड नोक्सानीमा छ । तर पनि कम्पनीको नोक्सानी पहिलेको तुलनामा घटेको छ । गत आवको तेस्रो त्रैमासमा यस्तो नोक्सानी २ अर्ब २ करोड थियो । कम्पनीले ३१.२३ प्रतिशतले नोक्सानी सुधार गरेको हो ।

६ अर्ब ५३ करोडको विद्युत बिक्री
दोलखाको लामाबगरमा रहेको राष्ट्रिय गौरवको आयोजना अपर तामाकोशी हाइड्रोपावरले ६ अर्ब ५३ करोड २ लाख ९५ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन गत आवको तेस्रो त्रैमासको तुलनामा भने ५.७४ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा पनि कम्पनीले कुल ६ अर्ब १७ करोड ६० लाख ३६ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो ।

प्रतिसेयर आम्दानी
तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.५७  रुपैयाँ  ऋणात्मक छ । 

प्रतिसेयर नेटवर्थ 

यसैगरी, सोही अवधीसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ६३.२५  रुपैयाँ छ । 

रिटेन्ड अर्निङ्ग

सोही अवधीसम्म कम्पनीको रिटेन्ड अर्निङ्ग ८ अर्ब ६९ करोड रुपैयाँ ऋणात्मक छ।

चुक्ता पूँजी 
तेस्रो त्रैमासको अवधीसम्म कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रुपैयाँ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको