Like us!
Follow us!
Connect us!
Watch us!

अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्यका सरसामान चोरी

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १५ : ३८ मा प्रकाशित

अपर तामाकोशी हाइड्रोपावरबाट करोडौं मूल्यका सरसामान चोरी

राष्ट्रिय गौरवको परियोजना ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावर आयोजनाबाट करोडौं मूल्य बराबरका सामग्री चोरी भएको आंशका गरिएकाे छ ।

बाढी र पहिरोका कारण बन्द रहेकाे हाइड्रोपावरबाट मर्मतका क्रममा निकालिएका तामा, फलाम, आल्मुनियमलगायत अन्य धातुजन्य सामग्रीहरू चोरी भएको हुन सक्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी युनियनले जनाएको छ ।

युनियनले साेमबार बिज्ञप्ति जारीगर्दै बहुमूल्य सामग्रीहरू रहस्यमयी तरिकाले गायब भएको भन्दै चोरीमा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न माग गरेको छ।

‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरुको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौं पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस यूनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ युनियनले जारी गरेकाे बिज्ञप्तिमा भनिएको छ।

युनियनले आयोजनाको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारी निकायलाई तत्काल आवश्यक कदम चाल्न आग्रह समेत गरेको छ।

 यस्तो छ युनियनले जारी गरेको बिज्ञप्ति

6733274497046.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको