१४ निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार यी कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५५ प्रतिशत वृद्धि भएको छ ।
गत आवको यो अवधिमा यी कम्पनीको खुद नाफा ३ अर्ब ६४ करोड रहेकोमा चालू आवको सोही अवधिमा बढेर ५ अर्ब ६५ करोड पुगेको हो ।
गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा यो आवको सोही अवधिमा दुई कम्पनीको नाफा घटेको छ भने १२ कम्पनीको नाफा बढेको छ । नाफा घट्नेमा राष्ट्रिय बीमा कम्पनी र नेको इन्सुरेन्स छन् ।
समीक्षा अवधिमा सबैभन्दा बढी नाफा नेपाल इन्स्योरेन्स कम्पनीले कमाएको छ ।
यस कम्पनीले तेस्रो त्रैमाससम्ममा ६१ करोड ४४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १०१ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले ३० करोड ५४ लाख नाफा कमाएको थियो ।
नाफा बृद्धिमा हेर्ने हो भने प्रभु इन्स्योरेन्स रहेको छ । प्रभु इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा २३७ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले यस अवधिमा नाफा ३९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ ।
त्यस्तै, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले समिक्षा अवधिमा ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले बढेको हो । ओरिएण्टल इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा १७ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा १६२ प्रतिशतले बृद्धि गरी ६० करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा १०९ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस वर्ष ४७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस