निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा ४१ अर्ब ४० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी विक्री गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरका छन् ।
यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७२ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ आर्जन गरेका छन्। समिक्षा अवधिमा यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ ,सानिमा जिआइसीले २ अर्ब ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस