भङ्गहा- जनकपुर- जयनगर रेलसेवा भोलि शनिबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ ।
भारतको मधुवनी संसदीय क्षेत्रमा आउँदो सोमबार हुने लोकसभा चुनावलाई मध्यनजर गर्दै जेठ ५,६ र ७ सात गतेगरी तीन दिनका लागि रेलसेवा बन्द गरिन लागेको हो । चुनावका लागि ७२ घन्टासम्म इन्डो नेपाल बोर्डर सिल गर्ने दुई देशको सीमा जिल्ला सहकार्य समितिले निर्णय गरेको हो ।
जेठ ८ गते मङ्गलबारदेखि रेलसेवा नियमित सञ्चालनमा आउने पनि नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस