Like us!
Follow us!
Connect us!
Watch us!

संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १६ : ०४ मा प्रकाशित

संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक

प्रहरीले नयाँ बानेश्वरस्थित संसद् भवन बाहिरको फुटपाथमा हिंड्न रोक लगाएको छ ।

शुक्रबार बिहान संसद् भवन बाहिर नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संसद् भवन अगाडि प्रर्दशन गर्न लागेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी दिएको छ । बाहिर प्रदर्शन नभएको र संसद् बैठक ६ गतेसम्मका लागि स्थगित भए पनि प्रहरीले फुटपाथ खुला गरेको छैन ।

आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्दै नबसी ६ जेठसम्मका लागि स्थगित भएको छ ।

संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

२ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयले आजको बैठक स्थगित गरेको हो । संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको