Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय,चित्त बुझ्दो जवाफ दिए सदन चल्ने

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, १२ : ०१ मा प्रकाशित

गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी दलको निर्णय,चित्त बुझ्दो जवाफ दिए सदन चल्ने

विपक्षी दलहरूको मोर्चाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो।

आइतबार बसेको विपक्षी मोर्चाको बैठकले गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझे मात्रै संसद अगाडि बढ्ने दिने बताएको छ। 

बाहिर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिएको भाष्य निर्माण भएको भन्दै उनले आजको संसदको बैठकमा बोल्न दिने बताए ।सदन अवरोध नै रहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत समेत प्रभावित हुन सक्ने देखिएको छ।

विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको