Like us!
Follow us!
Connect us!
Watch us!

छानबिन समिति कार्यादेशको कुरा नमिल्दा संसद बैठक अनिश्चित

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, १५ : २३ मा प्रकाशित

छानबिन समिति कार्यादेशको कुरा नमिल्दा संसद बैठक अनिश्चित

विपक्षी मोर्चाले सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको टिओआर (कार्यादेश) को विषय नटुंगिएसम्म संसद् बैठक नचलाउन सभामुखलाई आग्रह गरेको छ।

सहकारी ठगीप्रकरणमा नाम आएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिने निर्णय गरेको मोर्चाले सदन सञ्चालनका लागि टिओटार टुंगिनैपर्ने सर्त अघि सारेर विषय नटुंगिएसम्म संसद् बैठक नचलाउन सभामुखलाई आग्रह गरेको हो। 

सिंहदरबारमा छानविन समिति गठनसम्बन्धी कार्यदलले टिओआरमा सहमति जुटाउने प्रयास गरिरहेको छ। कार्यदलमा सहमति जुटाउनका लागि सहयोग मागेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखक, ज्ञानेन्द्र कार्की लगायतका नेताहरू सिंहदरबार पुगेका छन्। 

विपक्षी मोर्चाको उक्त आग्रहसँगै बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् बैठक अनिश्चित बनेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको