Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’,कसले हाँक्ला ४ वर्ष बैंक ?

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, ११ : ०५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको सिइओ पदका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’,कसले हाँक्ला ४ वर्ष बैंक ?

राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि ‘सर्ट लिस्ट’मा पाँचजना छनौट भएका छन्।

छनौट भएका पाँचमध्येबाट अब एकजनाले पाँच वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।

जेठ ६ गतेको बैंकको नियुक्ति सिफारिस उपसमितिको बैठकबाट छनौटमा पर्नेहरूमा क्रमशः कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर रहेका छन् ।  परेकामध्ये खनाल र अधिकारीबीच प्रतिष्पर्धा हुने देखिन्छ । खनाल अहिले पनि बैंकमा निमित्त सिइओको जिम्मेवारीमा छन् । कृष्ण बहादुर अधिकारी भने नेपाल बैंकका पूर्व सीईओ हुन् । 

सीईओ पदमा दरखास्त दिएकाहरूमध्येबाट उम्मेदरवारको शैक्षिक योग्यता, कार्यानुभव र व्यावसायिक कार्ययोजनाकको मूल्यांकनमा सबभन्दा बढी अंक प्राप्त गर्ने पाँच जनालाई छनौट गरिएको बताएको छ ।  समितिले उल्लिखित पाँचै जना उम्मेदरवारलाई जेठ ९ गते फरक–फरक समयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि उपस्थित हुन भनेको छ । 

अन्तर्वाताका लागि सञ्चालक समितिको कार्यालय, राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा तोकिएको छ । राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो। 

664adf8f02ab8.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको