Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय वाणिज्य बैंककाे ‘आरबीबी शैक्षिक कर्जा योजना’ सार्वजनिक, १ करोड रुपैयाँसम्म ऋण पाइने

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १७ : ४० मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंककाे ‘आरबीबी शैक्षिक कर्जा योजना’ सार्वजनिक, १ करोड रुपैयाँसम्म ऋण पाइने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हाे ।

यस ‘आरबीबी शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ कराेडसम्मकाे कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

पहिलो किस्ता रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिने र अध्ययन गर्नका लागि लाग्ने सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा पाइने बैंकले उल्लेख गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको