Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाले समस्या आएको छ: सीईओ खनाल

अर्थ संसार

विहीबार, १० माघ २०८१, १४ : ३४ मा प्रकाशित

बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जाले समस्या आएको छ: सीईओ खनाल

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले बैकिङ क्षेत्रमा बढ्दो खराब कर्जाले समस्या आएको बताएका छन् ।

बैंककाे ६० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दे खनालले यस्तो बताएका हुन् ।

उनले खराब कर्जाका कारण पछिल्लो समय समस्या देखिएको बताए ।

विश्व अर्थतन्त्रमा भने केही शिथिलता देखिए‌को वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका सङ्केतहरू देखिन थालेको सीईओ खनालले बताए । वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले धारणा राखे।   

अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडी बढाएका नीतिगत सुधारका प्रयासहरूले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशा सञ्चार गराएको उनले बताए ।

उनले भने,’ अर्थतन्त्रमा आए‌को सुधारसँगै हाल बैंकहरुले व्यहोर्नु परेको अधिक तरलता एवं घट्दो कर्जा निक्षेप अनुपातको समस्यालाई समाधान गर्नका लागि मद्दत गर्नेछ भन्ने हामीले अपेक्षा गरेका छौं।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको