Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, अब सर्वसाधारण सेयरको हिस्सा कति ?

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, १५ : ०६ मा प्रकाशित

आरएसडिसी लघुवित्तको सेयर संरचना परिवर्तन, अब सर्वसाधारण सेयरको हिस्सा कति ?

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर संरचना परिवर्तन गरेको छ । कम्पनीले अब ४९ प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ५१ प्रतिशत सेयर संस्थापक समूहको हुने गरि सेयर संरचना हेरफेर गरेको हो ।

लघुवित्तले आवश्यक प्रक्रिया पूरा गरी नेप्सेलाई परिवर्तित सेयर संरचना अनुसारको धितोपत्र अभिलेख गर्न अनुरोध गरे अनुसार नयाँ सेयर संरचना अभिलेख भएको हो । कम्पनीको हाल ९४ लाख ४३ हजार लाख ५१०.६५ कित्ता बराबरको ९४ करोड ४३ लाख ५१ हजार ६५ रुपैयाँ चुक्ता पुँजी रहेको छ । नयाँ पुँजी संरचना अनुसार अब कम्पनीको संस्थापक सेयर ४८ लाख १६ हजार १९०.४३ कित्ता हुनेछ ।

अब ३० प्रतिशत अर्थात २८ लाख ३३ हजार ५४ कित्ता सर्वसाधारण सेयर रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् सर्वसाधारण सेयर संख्या बढेर ४६ लाख २७ हजार ३२०.२२ कित्ता भएको छ । यसअघि कम्पनीको संस्थापक सेयर ७० प्रतिशत र सर्वसाधारण सेयर ३० प्रतिशत रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको