Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि लघुवित्तले सेयर संरचना परिवर्तन गर्दै, हेर्नुहोस् कति संस्थापक सेयर साधारण सेयर बन्दैछ

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, ११ : ११ मा प्रकाशित

एनएमबि लघुवित्तले सेयर संरचना परिवर्तन गर्दै, हेर्नुहोस् कति संस्थापक सेयर साधारण सेयर बन्दैछ

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले अब ४० प्रतिशत सेयर सर्वसाधारण समूहको तथा बाकिँ ६० प्रतिशत सेयर संस्थापक समूहको हुने गरि सेयर संरचना हेरफेर गर्न लागेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै सेयर संरचना परिवर्तन गर्न अनिच्छुक संस्थापक सेयरधनीले २१ दिन भित्र निवेदन दिन अनुरोध गरेको छ । कम्पनीको हाल ७२ लाख १४ हजार ४९२ कित्ता बराबरको ७२ करोड १४ लाख ४९ हजार दुई सय रुपैयाँ चुक्ता पुँजी रहेको छ । अब ७ लाख २१ हजार ४४९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न लागिएको हो ।

यस अघि ३० प्रतिशत अर्थात २१ लाख ६४ हजार ३४८ कित्ता सर्वसाधारण सेयर रहेकोमा सेयर संरचना परिवर्तन पश्चात् सर्वसाधारण सेयर संख्या बढेर २८ लाख ८५ हजार ७९६.८ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको