Like us!
Follow us!
Connect us!
Watch us!

मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १९ : ३५ मा प्रकाशित

मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक

नेपाल मेडिकल काउन्सिलले लिने दर्ता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

जेठ ७ गतेदेखि ९ गतेसम्म भएको परीक्षामा एमबिबिएसतर्फ ५५.३८ प्रतिशत र बिडिएसतर्फ ५१.१७ गरि दुवैतर्फ कुल ५४.६२ प्रतिशत परीक्षार्थी पास भएका छन् । काउन्सिलका अनुसार एमबिबिएसतर्फ कुल १३७१ परीक्षार्थीले परीक्षाका लागि आवेदन दिएकोमा १३५६ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये ७५१ जना उतीर्ण हुँदा ६०३ जना अनुत्तीर्ण र २ जनाको परीक्षा रद्द भएको छ । १५ जना भने अनुपस्थित रहेका थिए ।

यसैगरी बिडिएसतर्फ कुल ३०१ परीक्षार्थीले परीक्षाका लागि आवेदन दिएकोमा २९९ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये १५३ जना उतीर्ण हुँदा १४६ जना अनुत्तीर्ण भएका छन् । दुई जना भने परीक्षामा अनुपस्थित रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको