Like us!
Follow us!
Connect us!
Watch us!

कम गुणस्तरको भएको भन्दै एसियन फर्म्यास्युटिकल्सको ओन्डा सिरप फिर्ता गर्न औषधि विभागको निर्देशन

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १४ : १९ मा प्रकाशित

कम गुणस्तरको भएको भन्दै एसियन फर्म्यास्युटिकल्सको ओन्डा सिरप फिर्ता गर्न औषधि विभागको निर्देशन

कम गुणस्तरको भएको भन्दै एसियन फर्म्यास्युटिकल्सको ओन्डा सिरप फिर्ता गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

विभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा एसियन फर्म्यास्युटिकल्सद्वारा उत्पादित ५ मिलिलिटरको ओन्डानसेट्रोन ओरल सोलुसन न्यून गुणस्तर भएको पाइएको जनाइएको छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योगलाई निर्देशन पनि दिइएको छ ।

 उक्त औषधिको ओडिएल ००५१ ब्याच नं. उल्लेख भएका औषधिको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउन पनि विभागले जानकारी दिएको छ । ओन्डा सिरप बालबालिकामा चक्कर लाग्न तथा बान्ता रोक्न दिइने गरिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको